नरेन्द्र मोदीको आगमनले देशै भरका उडान ठप्प, राजधानीमा यात्रुहरुलाई बिचल्ली
कलाखबर संवाददाता,१४,भदौ – काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को आगमनले डकाठमाडौंका सबै सवारी साधन तथा हवाई उडान समेत प्रभाव पारेका छन् । बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन मोदी विहीबार दिउँसो त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
मोदी आउँदा दुईघण्टासम्म देशैभरीका उडान सबै उडान समेत बन्द गरिएका थिए । शैक्षिक संस्थालाई सार्वजनिक विदा दिएको सरकारले सार्वजनिक सवारी पनि जोर–विजोर चलाउन लगाएको छ । सार्वजनिक यातायातका साधन नभएका कारण यात्रुहरु पैदल हिड्न बाध्य भएका थिए ।
मोदीको सवारीलाई मध्यनजर गर्दै सर्वसाधारणलाई पनि प्रहरीले सडकमै रोकिएका थिए । १४ र १५ गते काठकाडौंमा हुन लागेको चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु काठमाडौं आएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा विहीबार बिहान ८ बजेदेखि साढे १० बजेसम्म उडान अवतरण रोकिएको थियो । दुईघण्टा विमानस्थल बन्द हुँदा पोखरा, बिराटनगर, भरतपुरलगायतका क्षेत्रीय विमानस्थलहरु पनि प्रभावित भएका थिए । काठमाडौँमा जस्तै देशैभरिका हवाई यात्रुहरु प्रभावित बनेका थिए । कडा सुरक्षाको पहरासँगै हवाई गस्ती समेत गरेका थिए ।