भक्तपुर दरबारमा गाईजात्रा यसरी मनायो (फोटोफिच सहित)
कलाखबर संवाददाता,११,भदौ,काठमान्डौं । भक्तपुर दरबारमा वृहत रुपमा गाईजात्रा मनाइएको छ । विभिन्न नेवारीहरुको कलासँस्कृति अनुसारको भेषभुषा र पहिरणमा नृत्य प्रस्तुत गरिएका थिए ।
लाखे नृत्य तथा लठ्ठी नाँच समेत देखाएका थिए । जसको मुख्य उद्देश्य नेवारी सँस्कृति अनुसार मृतात्मालाई पुकार्नु हो । ढोल झयाँम्टा ,मादल र जेली लगायत विभिन्न कल्चर बाजाहरु बजाएका थिए ।
करिब पाँच हजार आम जनमानसको भीडले खछाखच थियो । यो गाईजात्रालाई लाखे नाँच पनि भन्ने गरिन्छ । भक्तपुर दरबारको पश्चिमी गेटबाट प्रवेश गरि दरबार स्क्याएर हुँदै लाखे नाँच र लठ्ठी नाँच देखाउदै दत्तत्राय मन्दिर परिक्रमा गरेका थिए ।