Logo

बढीले बगाउदै गरेको माइक्रो बसबाट यात्रुले यसरी हामफालेर ज्यान जोगाए


 

कलाखबर संवाददाता,८,भदौ–सल्यान । जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै उर्लेर आएको बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो ।

यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका अन्य सामान भने बचाउन सकेको छैन । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो ।

तर समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् । खोलामा आएको बाढी नघट्दासम्म गाडीहरु रोकिनुपर्दा यात्रुहरु बाटोमै अलपत्र पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्