Logo

नेकपाको नाम परिवर्तन हुने


 

कलाखबर सम्बाददाता, ५ भाद्र – तत्कालिन नेकपा एमाले र नेकपा माओवादी ( केन्द्र ) मिलेर बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ । नेकपाका मुख्य सचेतक देब गुरुङले यसअघि नेपाल कम्युनिष्ट पार्टी मुनि अण्डरलाईन दिएर दल दर्ताका लागि निवेदन दिएकोमा त्यसलाई संशोधन गर्दै कोष्टमा नेकपा थप्ने र अण्डरलाईन हटाउने निर्णय भएको जानकारी दिए l

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष रहेको दल यसअघि नै दर्ता भईसकेको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल पहिल्यै दर्ता भएकाले नाम फेर्न धेरैतिरबाट सुझाव आएकाले नाम संशोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्नेगरि आयोगलाई पत्राचार गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्