Logo

आज नाक पञ्चमीको दिन पशुपति मन्दिरमा यस्तो अनौठो दृश्य देखियो


कलाखबर संवाददाता,३१, साउन–काठमाण्डौं । नाक पञ्चमीको दिन पशुपति मन्दिर परिसरमा अनौठो दृश्य देखिएको छ । भु.पु. गायीका तथा धर्ती माता विष्णु कुवँरले अनौठो दिब्य शक्ति देखाईन् । दर्शनमा आएका भक्तजनहरु एकाएक कामेर ढल्न थाले ।

उहाँले समाजिक सञ्जाल मिडियामा स्वयंम आफै जसले गाईको चोखो दुध ल्याएर मेरो शिरमा चढाउछ, सबै रोग हट्छ, साथै उसले चिताएको कुरा पुरा हुन्छ भनेका थिए ।

त्यसैको आधारमा पशुपति मन्दिर परिसरमा आम जनमानसहरु उर्लिए । कसैले भेटिपैसा चढाए, कसैले गाईको दुध ल्याएर शिरमा खन्याए ।

वरिपरि बसेका सबै भक्तजनहरु एकाएक काम्दै ढल्न थाले । माताको शक्ति एकाएक भक्तजनमा चढ्न थालेको सबैले विश्वास गर्न थाले । माताको सामुन्य बसेका साना बच्चादेखि बुढापाका सबै काम्न थाले ।

कामेर ढलेका सबैलाई दुध र जल छर्केर उठाएका थिए । यो दृश्य देखेर कोही दर्शकहरु अनौठो र अचम्म मानेका थिए । बाँकी कुरा तलको भिडियोबाट प्रस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्