Logo

ब्रेकअप पुस २७ मा रिलिज हुने पक्का


 

कलाखबर संवाददाता,३०,साउन–काठमाण्डौं । ग्याङस्टर ब्लुज फेम आशिरमान देशराज जोशी स्टारर प्रेमकथा ब्रेकअपु पुस २७ मा रिलिज हुने भएको छ। सोमबार राजधानीमा फिल्मको रिलिज मिति घोषणा गरिएको हो।

हेमराज बिसीले यो फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मको छायाँकन सकिनु ४ दिन अगाडी फिल्मका निर्माता मध्येका एक रोहित अघिकारीले फिल्मबाट अलग भएको घोषणा गरेपछि फिल्म विवादमा आएको थियो। अलग हुनुमा दुबैले रचनात्मक भिन्नता बढेपछि हात झिकेको स्पष्टिकरण दिएका छन्।

अधिकारी र हेमराज दुबैले यसअघि ुगाजलुु सिनेमाको निर्माण गरेका थिए। ुइन्चक्ल्यापुमा निर्देशक बिसीले सहमतीमा नै अलग हुने निर्णय लिएको स्पष्टिकरण दिएका थिए।

‘काम गर्दै जाादा असमझादरी हुन्छ । मेरो काम गर्ने आफ्नै तरिका छ, रोहितको आफ्नै छ । यसैले समझदारीमै उनले सिनेमा छाडेका हुन् ु, कार्यक्रममा बोल्दै हेमराजले भने।

रोहितले सिनेमा छाडेपछि हेमराजसँगै रुपक थापा, दीपक खतिवडा, रेनु रानाको फिल्मको निर्माता हुनेछन् । अष्ट्रेलियामा र नेपालमा छायांकन भएको सिनेमामा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । निर्माताहरुविच मनमुटाव भएपनि आफूहरुको काममा कुनै फरक नपरेको कलाकारले प्रतिक्रिया दिएका थिए ।

त्यस्तै फिल्ममा अनुबन्ध भएका सलोनले पनि फिल्मसँग सेट्यूल नमिलेपछि फिल्म छाडेका थिए। उनको सट्टा फिल्ममा अष्ट्रेलिया बस्दै आएका एक युवाले फिल्ममा मौका पाएका छन्।

होस्टलु फिल्मबाट डेब्यू गरेका हेमराजको पछिल्लो रिलिज ुग्याङस्टार ब्लुजुले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्