सचिनको ‘मापसे’मा एलिसा र विनोदको जोडी

कलाखबर संवाददाता, श्रावण २९-गायक सचिन राईको ‘मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ ।
भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले संगीत भरेका छन् । विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् । काठमाडौंको बालाजुमा छायांकन गरिएको भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका सचिन ‘खोजि प्रतिभा – सिजन २’ सेकेण्ड रनरअप समेत हुन् । खोटाङमा जन्मिएका सचिनले यसअघि ढाकाको चोलीमा, सिसि क्यामेरा लगायतका गीतहरु बजारमा ल्याईसकेको छन् ।
भिडियो हेर्नुहोस्ः