Logo

विवाह गर्न अब २० वर्ष पुग्नुपर्ने


 

 

कलाखबर, २५ श्रावण – विवाहसम्बन्धी प्रचलित कानुन परिमार्जन गर्दै सरकारले अब नयाँ नियम ल्याउने तयारी गरेको छ । यसअघिको व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनी सजाय दिईन्थ्यो तर विवाह भने रद्द हुँदैनथ्यो तर अब भने त्यस्तो विवाह रद्द हुनेछ ।

वि.स १९९० सालमा तत्कालिन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरि भदौ १ गतेबाट लागु हुने गरि ६ कानुनी संहिता र त्यससम्बन्धी नियममा बालविवाह र बहुविवाहको व्यवस्था गरिएको हो ।

सर्वोच्च अदालतले ति संहिताको कतिपय प्रावधान संविधानअनुरुप बनाउन दिएको आदेशलाई पालना गर्दै सो प्रस्ताव कानुन मन्त्रालयले मन्त्रि परिषदमा पेश गरेको छ । र केहि दिनभित्र त्यसलाई संसदमा लैजाने तयारी पनि भैरहेको छ ।

संशोधनअनुसार अब विवाहको लागि न्युनतम उमेर २० वर्ष हुनेछ । ‘हालसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई मानिदै आएको थियो’ , कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकाल भन्छन्, ‘तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठिक र बराबरी देखिएन, त्यसैले केटाकेटीको दुवैको विवाह गर्न २० वर्ष पुग्नैपर्छ’ ।

देवानी र अपराध संहितामा विवाहसम्वन्धी व्यवस्था बाझिएपछि एकरुपता कायम गर्न त्यस्तो व्यवस्था ल्याउन लागिएको सरकारले जनाएको छ l नयाँ कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने र विवाह समेत रद्द हुनेछ ।

बहुविवाहको सजायमा पनि दोषीलाई प्रचलनमा रहेको एक वर्षसम्मको बदला ५ वर्षसम्म कैद हुन सक्ने प्रावधान नयाँ कानुनमा छ l कानुनत यस्तो विवाह स्वत : बदर हुनेछ l उक्त दुवै कार्यविधि संहिता पहिले भैसकेका अपराधका हकमा समेत लागु हुने व्यवस्था छ ।

कार्यविधि कानुन भनेको अदालतमा मुद्दा चल्दा तारेख लिने, साक्षी तथा प्रमाणपत्र बुझ्ने , मुद्दा गर्ने हदम्यादलगायतका प्राविधिक पक्ष समेत समेटिएको दस्तावेजलाई जनाउँँछ ।

भदौ १ अगाडिका घटनामा चलेका मुद्दामा पहिलेकै कानुनअनुसार सजाय दिईनेछ भने भदौ १ देखि अदालतमा चल्दै गरेका पहिलेका मुद्दामा समेत अपराध र देवानी संहितासम्वन्धी कार्यविधिनै लागु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्