भक्तपूर प्रहरी इन्काउटरमा दुई अपहरणकारीको मृत्यू
कलाखबर संवाददाता,२१,साउन–काठमाण्डौं । ११ वषिय निशान खड्काको अपहरण गरि हत्या गर्ने दुई अपहरणकारीलाई प्रहरी ईन्काउनटरमा मारिएका छन् ।
प्रहरी र अपहरणकारी बीच भएको दोहोरो भिडन्तमा उनीहरुको मृत्यू भएको हो । उनीहरुको साथबाट पेस्टोल समेत बढामद गरिएको छ । भक्तपूरको सूर्य विनायकमा उनीहरु मारिएका हुन् ।
अपहरणकारीको नाम अजय तामाङ र गोपाल तामाङ खुुल्न आएका छन् । दोहोरो फायरिङमा उनीहरुको मृत्यू भएको अपराध महाशाखाका एसएसपी धिरज प्रताप सिंहले बताए ।