Logo

वर्षाले ग्रामीण भेग प्रभावीत


धादिङ्ग, श्रावण २१ – भिषण बर्षा र बाढिपहिरोको कारण सदरमुकाम धादिङ बाट आरूघाट सडक खन्डमा संन्चालित सम्पुर्ण यातायातको साधन ठप्प भएको छ । साना ठुला गरि २ दर्जन भन्दा बढी स्थानमा गएको पहिरोको कारण सदरमुकाम धादिङ देखी आरुघाट सम्म दैनिक आवत जावत गर्ने सवारी एवं नागरिकलाई कष्ठ भएको छ ।

धादिङ बेशीँ बाट टारिबेँशी सम्मको सडक स्थर उन्नतीको ठेक्का पाएको लामा कन्ट्क्सन र पेटी ठेकेदारको समेत चरम लार्परवाहीले, कतिपय फसेको गाडिहरू १ सातासम्म अस्तब्यस्त भएर बिच बाटोमा नै थन्किएका छन ।

स्थानीयले व्यापक बिरोध जनाए पनि सम्बन्धित निकाएको ध्यान पुग्न सकेको छैन । धादिङ आरूघाट सडक खन्डको स्तरऊन्नतीको लागी सस्तो लोकप्रियताको नारा बोकेर स्थानिय, प्रदेश, र प्रतिनीधीसभा सम्म निर्बाचित भएपछी जनप्रतिनिधीले विकाश निमार्ण लाई बिर्षिएको स्थानिय जनताको दुखेसो छ । निरन्तरको बर्षाले अधिकांश घरहरू पहिरोको जोखिममा रहेका छन् ।

सदरमुकाम धादिङबाट आरूघाट सडक खन्ड सम्मको दृश्यहरू हेर्नुस । तस्वीर : ऋषि कडरिया ‘डिम्पल’ 

प्रतिक्रिया दिनुहोस्