मेची महाकाली रोधी घरले भब्य र सभ्यताका साथ वार्षिक उत्सव मनाए

कलाखबर संवाददाता,१२, साउन–काठमाण्डौँ । नयाँ बजार स्थित मेची महाकाली रोधीघरले शनिबार आफ्नो वार्षिक उत्सव मनाएको छ । यो संस्थाले सफल्ता पूर्वक एक वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमको सुरुवातमै नृत्यङ्गना निरु वाइबाले लामाले रोचक नृत्य प्रस्तुत गरेका थिए । निकै चर्चित लोक दोहोरी कलाकार,पत्रकार तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा यो वार्षिक उत्सब सम्पन्न भएको थियो ।
लाइभ बाजा सहितको गायक गायीका तथा कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रम समारोहलाई निकै रौनग्ता छाएको थियो । करिब ४ किलोको केक काटेर उत्सब मनाई रहदा पछाडीबाट ह्यापी बर्ड दे मेची महाकाली सहितको हुटिङ र ताली दिनेको निकै भिड देखियो ।
मेची महाकाली रोधीघरका दोहोरी गायक गायीकाहरुको घम्साघम्सिसँगै लोक प्रिय तथा निकै चिर्चित गायक निकेश राईंले माहोवललाई झन रौनग्ता थपेका थिए । यो रोधीघरले कलाकार तथा पत्रकारलाई सम्मान् समेत गरेका थिए ।
नयाँ बजारमा अवस्थित मेची महाकाली रोधिघर एक उत्कृष्ट नमुना बन्न सफल भएको छ । हरेक कुराले
सुविधा सम्पन्न तथा ग्राहक प्रतिको शिष्टता र सत्भावले यो रोधीघर सबैको रोजाइमा पर्न सफल भएको हो ।
धेरै ख्यती प्राप्त कलाकारहरुको सुमधुर आवाज अनि सुन्दर नृत्यको आनन्दसँगै विभिन्न खानेकुराको परिकार समेत सुलभ मूल्यमा पाईन्छ । अझै ग्राहकहरुलाई भरपुर मनोरञ्जन तथा सेवा सुविधा दिनका लागी सक्दो कोसिस् गर्ने म्यानेजर भीम राईले बताउनु भयो ।