Logo

नमुना बन्दै मेगा पब्लिक स्कुल, उत्कृष्ट पठनपाठन भएको अभिभावकको भनाई


 

कलाखबर संवाददाता,६,साउन,–काठमान्डौं । राजधानीको नगार्जुन फेदी तार्केस्वर ८ शान्तिटोलमा रहेको मेगा पब्लिक स्कुल नमुनाको रुपमा स्थापित हुन थालेको छ । आफ्नो स्थापनाकालको छोटो समयमा नै सबै अभिभावक तथा आम बिद्यार्थीको मन जित्न सफल भंएको छ । यो स्कुलले अतिरिक्त क्रियाकलापसँगै प्लेइ गु्रपदेखि पि.एच. डी. सममको गुरु योजना बनाएको प्रिन्सिपल अमृत भण्डारीले बताउनु भयो ।

विज्ञान विषय लिएर मास्टर डिग्री गरेका भण्डारी केही समय विभिन्न मिडिया क्षेत्रमा समेत आबद्ध भएर काम गरेका थिए । अब भने निरन्तर रुपमा यस विद्यालयलाई सुधार गर्दै अगाडी भण्डारीको भनाई थियो ।उत्कृष्ट पठनपाठनसँगै विद्यार्थीहरुको मनोविज्ञानलाई समेत ध्यानमा राखी,खेलकुद, मनोरञ्जन,तथा प्रयोगात्मक परिक्षण समेत समेटिएको भाइस् प्रिन्सिपल कृष्ण थापा भण्डारीले बताइन् ।

क्यामेस्ट्री साईन्सबाट मास्टर डिग्री गरेकी भण्डारी लामो समयदेखि शिक्षण पेशामा आबद्ध हुँदै आएकी हुन् । यस किसिमको अतिरिक्त क्रियाकलाप, तथा साप्ताहिक कार्यक्रम जस्ता अकर्षक गतिविधिले विद्यार्थीको उच्च मनोबल वृद्धि भर्इ परिक्षामा राम्रो नतिजा ल्याउन सफल भएको अभिवाकहरु बताउछन् ।

प्रशस्त मात्रमा खेल्ने चउर पनि रहेको तथा सफा र कोलाहल, धुलो रहित एकान्त बस्तिमा रहेको यो विद्यालयमा विद्यार्थीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ । उत्कृष्ट नतिजा हात पार्न तथा अनुशासनमा रहि आफ्नो जिम्मेवारी पुरा गर्नका लागी हरेक दिन स्कुल प्रवेश द्वारमा डायरी नोट जाँच समेत गर्ने गरिएको चिअर पर्सन दिपक भण्डारीले बताउनु भयो ।

विहानैदेखि राम्रो कोचिङको व्यावस्था तथा टयूशनसमेत पढाउने गरिएको उहाले जान्कारी दिनु भयो । लामो अनुभव र बौदिक, क्षमतावान तथा अनुभवी २५ जना शिक्षक शिक्षिकाहरुबाट पठनपाठन गरिदै आएको समेत भण्डारीले कलाखबरलाई बताए । सुन्दर शान्त अनि रमणीय वातावरणमा अवस्थित यो स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुदै आएको छ ।

विषयगत कक्षा बाहेक अरु गित सँगीत तथा नृत्य कक्षा समेत सञ्चालन गरिदै आएको । एकान्त वातारणमा राम्रो पढाइ हुने भएकोले अभिभावकको रोजाइमा यो विद्यालय परेको हो । दिनानुदिन विद्यार्थीको चाप बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्