Logo

मुलुकको समृद्दिको लागि यातायात सिन्डिकेट खारेज – गृहमन्त्री


जनक थापा मगर, २७, असार – काठमाडौं ।-गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्दिको लागि यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गरिएको बताएका छन् । गृहमन्त्री थापाले यदि हामी साच्चै मुलुक सम्बृद्ध बनाउने हो भने सबै खालका यातायातमा आमुल परिबर्तन जरुरि  बताए ।

बुधबार काठमान्डौमा ’यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा कायम गरिएको सिन्डीकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने दावी गरे ।मन्त्री थापाले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताए ।

मन्त्री थापाले सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।उनले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गरे । गृहमन्त्री थापाले मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको पनि बताए ।

उनले बहुसंख्यक गरिव नेपालीहरु र रोजगारीको खोजीका विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको पनि बताए । गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्