ओएस नेपालद्वारा रातोपाटीकर्मी कुबेर गिरीलाई पत्रकारिता पुरस्कार २०७५’ बाट सम्मान

जनक थापा मगर, २५, असार – काठमाडौं । ओएस नेपालले रातोपाटीकर्मी कुबेर गिरीलाई पत्रकारिता पुरस्कार २०७५’ बाट सम्मान गरेको छ । दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५‘ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
ओएस नेपालद्वारा आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद कोमल वली, पत्रकार ऋषि धमला, ओएस नेपालका बिबेक कार्की लगायतले गिरीलाई माला, खादा, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, आदिले ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेका थिए ।
साथै सो समारोहमा हिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाईलो छका उत्सब रसाइलीलाई समेत ‘ओएस नेपाल पत्रकारिता २०७५’ पुरस्कार प्रदान गरियो ।