Logo

छविराज ओझासँगको सम्बनधको विषयमा सिल्पाले यसरी मुख खोलिन् ।


 

कलाखबर संवाददाता,२३,असार–काठमाडौँ । चलचित्र जगतमा छाएकी नायीका को नाम बेलाबखतमा निकै निर्माता छविराज ओझासँग जोडिएर आउने गर्दछ । मोडलिङ क्षेत्रबाट ठूलो पर्दामा छिरेकी सिल्पाले शुरुमा छविराजको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी हुन् । शिल्पाले निर्माता छविराज ओझासँगको सम्बन्धका विषयमा यसरी मुख खोलिन् ।

मिडियाले आफ्नो चर्चा गर्दा सधैँ छविसँग जोडेका कारण आफ्नो नाम छविसँग जोडिएर आउने गरेको सो क्रममा उनले बताइन् । ‘जसले जे विषयमा मसँग कुराकानी गर्दा पनि छविजीको नाम जोड्ने गर्दछन् । त्यसैले मेरो नाम छविसँग जोडिएर आउने गरेको हो ।’

छविसँग विवाहको सम्भावना छ कि छैन भनेर सोध्दा आउने भविष्ले बताउने बताउने कुरा हो , ‘हुन पनि सक्छ नहुन पनि सक्छ’, शिल्पाको जवाफ रहेको थियो ।

अभिनेत्री रेखा बाहिरिने बित्तिकै छवि क्याम्पमा शिल्पा भित्रिएकी थिइन् । शिल्पा र छविबीचको सम्बन्धको चर्चा बेलाबेलामा गसिपको विषय पनि बन्दै आएको छ ।

‘लज्जा’पछि छविकै क्याम्पमा ‘हबलदार सुन्तली’, ‘किस्मत–२’ लगायत चलचित्र अभिनय गरेकी शिल्पाले केही पहिले प्रदर्शित चलचित्र ‘मङ्गलम्’ छविसँग बिलेर बनाएक थिइन् ।

शिल्पाले छविसँग विवाहको निर्णय गरेको केही मिडियाले यसआगडि पनि समाचार बनाएका थिए । ‘एक वर्षभित्रै हाम्रो विवाह हुन्छ । बुबाआमालाई बल्लबल्ल मनाएँ’’ उनले अन्तरवार्ता नै दिएकी थिइन् । तर विवाहको कुरो भविष्यले देखाउने अहिले यसै भन्न नसकिने उनले बताइन् ।

चलचित्र जगतमा छाएकी सिल्पले आफ्नो पारिश्रमीकको विषयमा भने खुलान चाहेनन् ।
दिन प्रतिदिन नेपाली कलाकारको पारिश्रमिक चुलिँदो छ । पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेता अनमोल केसीले ५० लाख र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाखसम्म लिएको चर्चा बजारमा छ ।

यति धेरै पारिश्रमिक लिएको प्रमाण भने कही कतै भेटिन्न । न त यी कलाकारले राज्यलाई आयस्रोत अनुसार कर तिरेको रेकर्ड नै पाउन सकिन्छ ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकोले एक चलचित्रमा १० लाख पारिश्रमिक लिएको चर्चा अझै सेलाएको छैन । पछिल्लो समय उदाएकी शाहको पारिश्रमिक १० लाख पुग्दा चलचित्र क्षेत्रमा राम्रो जमेकी अभिनेत्री शिल्पा पोखरेलेको रेट कति त ?

भनेर प्रश्न गर्दा, ‘मेरो पारिश्रमिक यति, म यति लिन्छु, यो चलचित्रमा मैले यति लिएँ, भन्दै हिँड्न आफुलाई मन नपर्ने बताईन्, । ‘एकदम राम्रो मनपर्दो स्क्रिप्ट आयो भने लिइरहेको भन्दा तल झर्नुपर्ने हुन्छ ।’ अहिले बजारमा चलेको पारिश्रमिकको हल्ला अनावश्यक भएको शिल्पाले बताइन् ।

केही पहिले व्यावसायिक सफल चलचित्र ‘मङ्गलम्’ दिएकी शिल्पा अभिनित एक चलचित्र ‘वीरङ्गना’ २९ असारबाट प्रदर्शनमा आउँदैछ । यसै चलचित्र प्रचारको सिसिलामा ब्यस्त रहेकी शिल्पाले आफ्नो रेट पनि चलचित्र अनुसार फरक फरक रहेको खुलाइन् ।

अभिनेता पृथ्वीराज प्रसाईंका साथ ‘वीरङ्गना’मा आफ्नो रोमान्स रहेको बताएकी शिल्पाले चलचित्रका दुई हिरो मध्येमा पृथ्वीराज एक भएको बताइन् । पृथ्वीसँग यो शिल्पाको तेस्रो चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्