Logo

मरे नछोड्ने बाचाका साथ फैसला गर्न किन पुगिन् अदालत गायीका मेनुका राई ? भिडियो हेरौं


 

राजकुमार राई,१४,असार–काठमाण्डौं । सिरैमा सिरबन्दी कानैमा झुम्का,नाकैमा ढुङग्री मुन्द्री र बुलकी अनि रातो पछयौरा र मखमलको चोली, सारीमा सजिएका दुई थितिहरु सुन्दरताको लहर छर्दै उभीरहेका हुन्छन् । जहा सेतो र रातो रङको हाफ् टिसर्ट लगाएका सिभिल ड्रेसमा दुई जना युवाहरु आउछन् र एक्कासी अदालत हिड्ने धम्की दिन्छन् । थितिहरु अचम्ममा पर्छन् ।

उनीहरु हुन् अहिलेका निकै चर्चित गायीका मेनुका राई र मोडल ज्योति मगर । केहि छिन पछि दउरा सुरुवाल, ढाका टोपी र गल्बन्धी अनि कालो चश्मा लगाएको “धेरै राम्री भई नहिड यो ज्यानको ढिल चोरी अदादतमै दिनु पर्ला तिमीलाई उजुरी”भन्दै एउटा लर्के जवान अगाडी देखा पर्छ ।

यो हो गायीका मेनुका राई र गायक रुपकुमार राईको स्वरलहरी भरिएका भर्खरै मात्र बजारमा आउन सफल नौलाई शून्ना नब्बे गीतको म्यूजिक भिडियो । खोटाङ जिल्लालाई आफ्नो जन्म थलो बनाई राजधानीलाई आफ्नो कर्मथलो बनाएकी गायीका मेनुका राई एक सफल तथा लोक प्रीय गायीका हुन् ।

हाल बनस्थली काठमाण्डौमा बस्दै आएकी राईले सानै देखि संगीत क्षेत्र अपनाएकी हुन् । प्रवेशिका परिक्षा सकाएर राजधानी छिरेका राईले, यहि संगीत विषय लिएर आर.आर क्याम्पसबाट उच्च शिक्षा हाशिल गरेका थिए । तत्पश्चात वि. स.२०५६ सालबाट निरञ्तर रुपमा यस क्षेत्रमा होमिएका थिए ।

लामो समको संघर्ष पश्चात् अन्ततः २०५६ सालमा नै पहिलो पटक उनको “माहुरी घुम्छ फुलको बोटैमा” बोलको गीत रेडियो नेपालमा रेकर्ड भयो, जुन गीतमा बुलु मुकारुङको शब्द संगीत रहेको थियो । यसरी यस क्षेत्रमा सफलता हात पार्नुको पछाडी आफ्नो परिवारको राम्रो साथ सहयोग रहेको उहाँले कलाखबरलाई बताईन् ।

हाल सम्म करिब ५०० को हाराहारिमा सांगीतिक कोशेली पस्काई सकेकी राईले भर्खरै मात्र नौ लाई सुन्ना नब्बे नामक सिंगल ट्रयाकको भिडियो बजारमा ल्याउन सफल भएकी छिन् । जुन भिडियोमा करिब दुई दर्जन कोरसहरुको माझमा अहिलेका चर्चित मोडल ज्योति मगर र काजिश श्रेष्ठको रोचक अभिनय रहेको छ ।

यस अघि थुप्रै स्टेज गित प्रस्तुत गरिसकेकी राईको ‘नौ लाई सुन्ना नब्बे’ बोलको गीतमा शब्द संगीत डिं. आर. अटुको रहेको छ भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।उक्त गीत भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन भने दिपक बिष्टको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्