Logo

कामा छिरिङ शेर्पाद्वारा आरोहण यात्रा संग सम्बन्धित वृतचित्र निर्माण


 

कलाखबर संवाददाता,९,असार,काठमाण्डौं । हिमाल आरोहण यात्रासंग सम्बन्धित वृत्तचित्र कामा छिरिङ शेर्पाले निमार्ण गरेका छन् । काठमाण्डौ देखि सगरमाथाको चुचुरो सम्मको आरोहण यात्रा गर्दा आई पर्ने विभिन्न चुनौती तथा समस्याहरुलाई समेतिएर बनाएको. सो वृत्तचित्र शनिबार पत्रकार सम्मेल गरि शेर्पाले सार्बजनिक गरेको हो ।

राजधानी लाम्जीम्पात सम्पदा गार्देनमा आयोजित सो कार्यक्रम्मा प्रमुख अतिथिको रुपमा शेर्पा संघका अध्यक्ष आङ दोर्जे शेपा रहेका थिए भने विशेष अतिथिको रुपमा एण्ड. एम. ए.पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा रहेका थिए । यस वृत्त चित्रमा आरोही शेर्पाले विशेष गरि हिमाल आरोहण गर्दा आइ पर्ने चुनौती र समस्याहरुको समाधान तथा शेर्पा आरोही नायकहरुको जिवनत कथा उत्तारेका छन् ।

कार्यक्रम्मा बोल्दै आरोही शेर्पाले हिमाल चढ्दा नसोचेका प्राकृतिक घटनाहरु आइ पर्छन्, मत्यू र जिवनको निश्चितता हुदैन, यस्ता कठीनाई यात्रा गर्दा कसरी सावधानी अपनाउने ? यसको मुख्य समधान कसरी हुन सक्छ ? यसमा नेपाल सरकारको पनि कसरी ध्यान आकर्षण गराउने ? भन्ने उद्देश्यले यो वृत्त चित्र निमार्ण गरेको बताउनु भयो ।

वृत्त चित्रमा राजधानी काठमाण्डौदेखि सगरमाथाको चुचुरो सम्मको वृत्तछाँया समेटिएको छ । यसमा विशेष गरि हिमालको महत्वलाई समेत दर्शाएको शेर्पाले बताउनु भयो । हिमाल आरोहणमा ज्यान गुमाएका नेपाली आरोहीको तथ्याङ्कलाई समाबेश गर्दै उनीहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरा मुख्य रुपमा यस वृत्तभित्रमा समेटिएको पनि शेर्पाले बताउनु भयो ।

शेर्पा संघका अध्यक्ष तथा विशेष अतिथि आङ र्दोजे शेर्पाले आर्थिक विकासको मुख्य मेरुदन्द्व नै पयर्यटन क्षेत्र भएकोले मत्वका साथ यसलाई हेर्नु पर्ने बताउनु भयो । यो विषयसँग सम्वधित विषयमा लाखौ खर्च गरेर कामा छिरिङ शेर्पाले यो वृत्तचित्र उतारेकोमा उहाँलाई पनि धन्यवाद दिनु भयो । कार्यक्रम्मा पर्यटन व्यावसायी तथा सञ्चारकर्मी गरी करिब १०० जनाको उपस्थिति रहेका थिए ।

आरोही शेर्पा लामो समयदेखि समाज सेवामा समेत सक्रिय रुपमा आवद्ध हुदै आएको कलाकार तथा मोडल जाङमु ईन शेर्पाले बताउनु भयो । यसै कार्यक्रमका बीच सोसाइटी पोर्तुगतबाट पाठाईएको १८६२ यूरो दुई जना पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

मुटु विरामी १३ बर्षीया आङ फुरी ङिमा शेर्पा तथा मलेसियामा खुट्टा गुमाई नेपाल फर्केका पासाङ शेर्पालाई सो रकम प्रमुख अतिथि र विशेष अतिथिको हातबाट हस्तान्तरण गरेका थिए । औपचारिक कार्यक्रमलाई निकै आकर्षक ढङगबाट कलाकार तथा मोडल जाङमु ईन शेपाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्