मुभी मेकर्स प्रालिको ब्यानरमन चलचित्र कस्मिक लभ आउदै
कलाखबर संबाददाता, १ असार–काठमाण्डौ
काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वी।एस बलामी र एस अधिकारीले निर्देशन गर्न लागेको चलचित्रको घोषणा गरिएको छ ।मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कस्मिक लभ’को घोषणा गरिएको छ ।
चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के, रविन तामाङ, पुरन थापा, देव महर्जन राजाराम पौडेल, र सागर खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सुरज प्रधानको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता डीएन दाहाल हुन् भने जे गौतम यसका निर्माता हुन् ।
चलचित्रलाई रोमान्टिक, कमेडी र सस्पेन्स कथामा बन्न लागेको निर्माताले बताइएको छ । चलचित्रमा सुरेश बज्रचार्यको छायांकन, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । कस्मिक लभचलचित्रबाट रिजेन थापाले डेब्यू गर्दैछन् ।चलचित्रका निर्माता जे गौतमले १० वटा चलचित्र निर्माण गर्ने घोषणा समेत गराएका छन् ।