Logo

रामेछापको मन्थली बन्द


 

लक्ष्मी श्रेष्ठ,  ३० जेठ – रामेछाप । रामेछापका व्यवसायीहरुले बीपी ढुवानीका साधन बन्द भएको विरोधमा सदरमुकाम मन्थली बजार बन्द गरेका छन् । व्यवसायीहरुले बजारमा सामान सकिएको भन्दै बन्द गरेका हुन् । व्यवसायीहरुले यहाँ बजार बन्द गर्दा सर्वसाधारणले आवश्यक उपभोग्य वस्तु किनमेल गर्न पाएका छैनन् ।

बीपी मार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सिन्धुली प्रशासनले १० टन माथिका ढुवानीका साधन र १८ सिटभन्दा माथिका बस चल्न रोक लगाएपछि रामेछापका व्यवसायी विरोधमा उत्रिएका हुन् । ढुवानीका साधनमा प्रतिबन्ध लागेपछि रामेछापमा उपभोग्य सामानहरु ढुवानी हुन सकेको छैन । सामान ढुवानी गर्न नदिएको भन्दै रामेछापका व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

बुधबार उनीहरुले बिहान ९ बजेबाट मन्थली बजार बन्द गरेका हुन् । राज्यले अत्याचार गरेकाले आन्दोलनमा उत्रिनु परेको रामेछाप उधोग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले बताएका छन् । ।व्यवसायीहरुले बजार बन्द गरी सडकमा विरोध प्रदर्शन गरेका हुन ।

सिन्धुली प्रशासनले प्रहरीसँगको मिलेमतोमा मंगलबार राति दोलखाको लागि ढुवानीका साधन छाडेको भन्दै रामेछापका व्यवसायीले विरोध गरेका छन् ।सिन्धुलीबाट सामान बोकेर दोलखा तर्फ जादै गरेका ट्रक रोक्न खोज्दा रामकुमार श्रेष्ठ र शान्तिराज कार्कीलाई बुधबार विहान प्रहरीले मन्थलीको सुकाजोर खोला कजवेबाट पक्राउ गरेको हो । रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले बताए छन् ।

प्रतिक्रिया दिनुहोस्