Logo

कलाकार कर्माको नयाँ व्यवसायिक कदम



कलाखबर सम्वाददाता, काठमाण्डौँ । कलाकार कर्मा शेर्पाले एक कार्यक्रमका बीच आज राजधानीमा आफ्नो नयाँ व्यवसाय “नयाँ लुगा डटकम” को शुभारम्भ गरेका छन् । कलाकार शेर्पाले अब कलाकारितासँगै आफ्नो व्यवसायिक कदम पनि अगाडी बढाएका हुन् ।

समयानुकुल पहिरनले व्यक्तित्वमा बिशेष निखारता ल्याउने भएकाले आफूले पहिरिने पहिरनमा सबैको ध्यान केन्द्रित भएको अहिलेको अवस्थामा “नयाँलुगा डटकम” एक उपयुक्त थलो भएको संचालक शेर्पाले बताएका छन् । बिशेष गरि नयाँ पुस्ताको प्रमुख रोजाई पहिरन केन्द्रित भएकोले आफ्नो रुची अनुसार विभिन्न आकर्षक शैलीको पहिरन खरिद गर्न उपभोक्तालाई सुविधा होस् भन्ने उद्देश्यले “नयाँ लुगा डटकम” संचालनमा ल्याएको उनको भनाई छ ।

“नयाँ लुगा डटकम ” संचालनमा आए सँगै अब आफ्नो रोजाईको पहिरन खरिद गर्न बजार घुमिरहनु पर्ने झन्झट हटेको छ । आफु बसेको स्थानबाट अन लाईन मार्फत कम समय र कम मूल्यमा आकर्षक शैलीको पहिरनहरु खरिद गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्