Logo

सगरमाथा आरोहणको महिला कृर्तीमानीमा दावुटी शेर्पा


कलाखबर संवाददाता,२,जेष्ठ–सोलुखुम्बु । यो वर्षको सगरमाथा आरोहणको पहिलो महिला कृर्तीमानी दावुटी शेर्पाले कायम गरेकी छीन् । मेइ १४, आरोहणको चौथो दिन विहान करिब ७ बजे शेर्पाले शिखर चुमेको हो । महिला र पुरुष गरि
आरोहणको चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।

विभिन्न आरोहण दलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण सफल नभए पनि चौथो दिन मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठले बताए ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । नेपाली कफीको पर्वधन र प्रचार अभियान सहित दोलखा जिल्ला सिमी गाउँमा जन्मेकी शेर्पा सगरमाथा आरोहणमा निस्केकी थिइन् । हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने मुल नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको चुचुरोमा आफ्नो सफल पाइला टेकेकी हुन् ।

अहिले बेसक्याममा रहेकी उनले सगरमाथा चढ्नु भनेको एक पटक फेरि नयाँ जन्म लिनु सरह भएको कलाखबरलाई बताईन् । शेर्पा बीना सगरमाथा आरोहण गर्छु भन्नु दिवा सपना मात्र हुने समेत उहाँले दाबी गरिन् । आरोहणको क्रम्मा शेर्पाको महत्वपूर्ण भूमिका रहने र सबैको आँट र भरोसा नै उसमा निहित हुने उहाँले बताइन् ।

शिखरको चुचुरोमा सफल पाईला टेकाएर आफ्नो सपनालाई पुरा गरि बेसक्याम सम्मा महत्वपूर्ण गाईड गर्नु हुने पासाङ ग्याल्जेन शेर्पालाई आफ्नो भगवान सरह सम्झेको बताउनु भयो । आफुले सोचेको आफ्नो सपना पुरा भएकोमा आफु निकै खुशी रहेको समेत उहाँले बताइन् ।

आफ्नो अभियानलाई महत्वपूर्ण साथ र सहयोग गर्नु हुने सबैलाई सगरमाथको चुचुरो बाट सम्झेको समेत उहाँले जान्कारी दिइन् । भाग्यले साथ दिएमा फेरि पनि सगरमाथा चढ्ने उहाँले अठोट गरिन् । आफ्नो सफल यात्राको अन्तेसँगै बुधबार बेसक्यामबाट काठमाण्डौ फर्किने उहाँले जान्कारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्