Logo

शिव श्रेष्ठको फिल्मबाट करिश्माकी छोरीले डेब्यू गर्ने पक्का


कलाखबर संवाददाता, ३१,बैशाख–काठमाण्डौ । सदाबहार अभिनेत्री करिश्मा मानन्धरको दोस्रो पुस्ता अर्थात्, छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्माले आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म एउटा यस्तो प्रेम कहानीु बाट डेब्यू गराउन लागेकी हुन् ।

यसका निर्देशक दीपेश सापकोटाले फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा यो कुराको पुष्टि गरेका छन् । उनी भन्छन्, भोली अथवा पर्सी हामी मिडियासँग भेट गर्दैछौं । सोही अवसरमा शिव श्रेष्ठ दाईको छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कवितालाई मिडियासँग भेटाउँदैछौं ।

शिवका छोरीले पनि यही फिल्मबाट डेब्यू गर्दैछन् । निर्देशक सापकोटाले फिल्ममा कविताको भूमिकाको विषयमा भने बोल्न चाहेनन् । यसअघि करिश्माले आफ्नै होम प्रोडक्शनबाट छोरीलाई लञ्च गर्ने तयारीमा थिइन् । लामो समयदेखि अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी कविता गएको वर्षदेखि नेपालमा नै छिन् ।

आमा करिश्माका कारण कवितालाई फिल्ममा अगाडि बढ्न धेरै मुश्किल त नहोला तर आमा जस्तै सफल हुन भने उनको थोरै मिहिनेतले पुग्दैन । प्रतिस्पर्धाको बजारमा उनले आफूलाई फिट राख्न अभिनयमा राम्रै पसिना चुहाउनु पर्ने हुन्छ । यसमा उनी कति सफल हुनेछिन् त्यो भने हेर्न बाँकी छ ।

फिल्मीखबरबाट साभार

 

प्रतिक्रिया दिनुहोस्