Logo

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )


मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ

 

कलाखबर संवादादाता,२५,बैशाख–काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे फूल गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यो गीतले बजारमा निकै राम्रो चर्चा पनि पाएको छ । सोलुखुम्बु जिल्लामा जन्मेर राजधानी काठमाण्डौलाई आफ्नो कर्म थलो बनाएका कुलुङ केही समय अघिदेखि यस कलाकारिता क्षेत्रमा लागेका थिए ।

समाजसेवाको निरन्तर यात्रा तथा व्यासायीक करिअर संगै यस क्षेत्रमा होमिएका कुलुङले पछिल्लो समय निकै राम्रो ख्याती कमाउन सफल भएका छन् । करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिएको मध्ये सबै भन्दा उत्कृष्ट यो बाह्र मासे फूल भएको कुलुङले दाबी गरे ।

यो छोटो समयको मिहेनत र प्रयासले सफल्ता हात पार्दा आफूलाई निकै गौरब महशुस भएको उहाँले बताए । आम दर्शकको माया अनि आफ्नो कार्यको सफल्ताले अब अगाडी बढ्न झन हौशला मिलेको उहाले कलाखबरलाई बताए ।

यो बाह्र मासे फूल म्यूजिक भिडियो युगल जोडी बीचको माया प्रेम प्रसंग मात्र नभएर, नेपाली कल्चर तथा प्रकृतिको सुन्दरतासँग पनि जोडिएकाले आम दर्शक तथा जनमानसले रुचाउनेमा आफु विश्वस्त रहेको बताए ।

यसको सफल्ता पछाडी अब चाँडै नै अर्को नायाँ प्रोजेक्ट पनि थाल्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । यो महिनाको अन्तिम सम्ममा फेरी अर्को म्यूजिक भिडियो पनि बजारमा आउने उहाँले जनकारी दिए ।

तस्बिर एल्वमबाट साभार गीतको शब्द रचना दिलिप राईले गरेका छन् । डा. किराँतको संगीत रहेको गीतमा कन्सकाइट राई र दिपा लामाले संयुक्त स्वर लहरी भरेका छन् । सो गीतलाई बुद्ध स्याङबाले एरेन्ज गरेका छन् ।

युगल जोडी बीचको माया प्रेम प्रसंगमा आधारित यो गीतमा चर्चित मोडल अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ,केट्रीन होङेलु तथा हित शंकर कुलुङ लगायको संयुक्त अभिनय रहेका छन् ।

मोडल टंकराज होङेलु कुलुङको निमार्णनमा रहेको यो गीतलाई गोविन्द राज भण्डारीले डाईरेक्शन गरेका छन् भने राजकुमार कुलुङ र गगाँ राम खालिङले छायाँङङ्कन गरेका छन् ।

ड्रेस अप नबिना कुलुङले गरेका छन् भने भिडियो शृङगार कलाखबर टेखिभिजनका ब्यूटीसियन एलिसा मगरले गरेका छन् । भिडियोमा नेपालीपन झल्काउने नेपाली पोशाकमा सजिएका कलाकारहरुको रोमान्स देख्न सकिन्छ । यो भिडियोलाई म्यूजिक नेपालको यूटब च्यानलमा अपलोड गरिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्