सुरु भयो उभौली साकेला

कलाखवर सम्वाददाता, बैसाख १७ – किराँत बस्तीहरूमा साकेला उभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धुमधामका साथ यो पर्व मनाउँछन् ।
किराँत राईहरूको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरूका साथै धरान, ईटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौं आदि सहरमा यो पर्व धूमधामका साथ मनाइँदै आएको छ । उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भनेर कृषि युगदेखि नै मनाउन थालिएको बूढापाकाहरूको भनाइ छ ।
त्यसैगरी उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइन्छ । कृतिपूजक किराँत समुदायले नदी तथा खोलामा माछा उकालो ९उँभो० पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई उभौली भनेको पाइन्छ ।
भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् । उभौलीका अवसरमा सामूहिक रूपमा दुस्ख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ ।