Logo

स्नेहा स्मृति डिजिटल म्यूजिक अवार्डको तयारी तिव्रता


 

 

 

 

कलाखबर संवाददाता, बैशाख,१५–काठमाण्डौ ,स्नेहा स्मृति डिजिटल म्युजिक अवार्डको तयारी तीव्र रुपमा भई रहेको छ । भव्य र सभ्य रुपमा भिविन्न साँँस्कृतिक कार्यक्रम तथा झाँकी सहित सपन्न हुन लागेको यो अवार्डको लागी तयारी करिब अन्तिम चरणमा पुगेको छ ।

सबै भन्दा धेरै भिडियालाई पनि समेतन सफल यो कार्यक्रमको व्यानर , प्रमाणपत्र मायाको चिनो सबै पूर्ण रुपमा तयारी भैसकेको आयोजकले जनाएको छ ।सुन्दरी नगरी, पर्यटकीय स्थल वाग्लुङ गल्कोटमा हुने यस अवार्ड लाई नेपालकै सबै भन्दा धेरै विभिन्न संघ सस्थाहरुले प्रायोजन गर्ने भएको छ ।

विशेष गरि बाग्लुङ गल्कोट उच्च मा।वि। का भुपु विद्यार्थी तथा हाल युके निवासी एक सफल ब्यावसायी राजु बोहोरा यस अवार्डको मुख्य प्रायोजकको रुपमा रहने भएको छ ।कार्यक्रमको आर्कषणको रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुति , नृत्य,

प्रहसन, खेल्कुद, हाँस्यकमेडी, तथा स्थानीय महत्व बोकेको साँस्कृतिक झाँकी समेत हुने भएको छ । युथ इन्टरटेनर तथा युवा हाँस्यकलाकार किसान खत्रीले युवाहरुलाई मोटिभेट गरी हाँस्यकमेडी प्रहसन गर्ने भएको छ ।

त्यस्तै गरी करिब २०० भन्दा बढी आवाज निकालेर कमल वलीले आम दर्शकलाई मख्ख बनाउने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न संघ सस्थाहरु तथा अन्य थुप्रै सहयोगी हातहरु लागी रहेको यस स्नेहा स्मृति डिजिटल म्युजिक कम्पनीका कार्यकारी प्रमुख देव सहनीले जान्कारी दिए ।

उहाँ लामो समयदेखि गीत– संगीत विधामा जोडिएर काम गर्दै आउनु भएको छ । सानो देखिको आफ्नो सपनालाई साकार गर्दै नेपालकै सबै भन्दा ठूलो तथा उत्कृष्ट नमुनाको रुपमा पहिलो अवार्ड वितरण गर्न लागीएको समेत संगीत कर्मी साहनीले बताए ।

नेपालमा अनेक अवार्ड हरुको नाम्मा कलाकारहरुको प्रतिभालाई बेचेर व्यावसायीक खेती गर्ने काम मात्र भएको उहाँको भनाई थियो । एक कलाकारले अर्कौ कलाकारको कला, गला,प्रतिभा तथा मर्मलाई नबुझेर आफु मात्र अगाडी बढ्न खोज्दा नेपालको कलाकारिता क्षेत्रमा विकास नभएको समेत साहनीले बताए ।

यस्ता अनैतिक विचार तथा भ्रमहरु चिर्नका लागी नमुनाको रुपमा यो पहिलो अवार्ड वितरण कार्यक्रम गर्न लागीएको उहाँको भनाइ थियो । कार्यक्रममा नेपालकै ख्याति प्राप्त दुई हस्तीलाई सम्मान सहितको अवार्ड वितरण गर्ने भएको छ ।

जो हुनुहुन्छ लामो समयदेखि संगीत क्षेत्रमा लागेका । सुगम संगीत तथा वरिष्ठ गायक मान बहादुर नेपाली एवम् लोक गायक हेमन्त खडका । सुगम संगीत र लोक गीत क्षेत्रमा यी दुवै हस्तीले महत्पूर्ण योगदान दिदै आएका छन् ।

मान बहादुर नेपालीले म मेरो देशको सिमानामा पुगेर रोए नामक गीतबाट आवार्ड पाउदै छ भने,हेमन्त खड्काले राम र सीता नामक गीतबाट सम्मान सहितको अवार्ड पाउदै छ ।

बैशाख २१ गते बागलुङ गाल्कोट उच्च मा.वि.को प्राङगनमा हुने कार्यक्रममा दुई दर्जन भन्दा बढी कलाकारहरुको वाग्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्