Logo

अनमोल र बेनिशा उत्कृष्ट हिरो–हिरोइन, फिल्ममा ‘शत्रु गते’


कलाखवर सम्वाददाता, बैसाख १४ – अभिनेता अनमोल केसी र अभिनेत्री बेनिशा हमालले उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड उचालेका छन् । बिहिबार साँझ आयोजित ‘एनएफडिसी अवार्ड’को छैठौँ संस्करणमा अनमोल चलचित्र ‘कृ’बाट  र बेनिशा ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट ठहरिएका हुन् । केही पहिले प्रदर्शनमा आएको यी दुबै चलचित्र व्यवसायिक असफल मानिन्छ ।

चाबहिल स्थित हायात रिजेन्सी होटलमा एक भब्य कार्यक्रम सहित आयोजित अवार्ड समारोहमा उत्कृष्ट चलचित्र ‘शत्रु गते’ बन्यो । बर्षको अत्य अत्यतिर प्रदर्शनकमा आएको यो चलचित्र महसंचारको ब्यानरमा निर्माण भएको हो । समारोहमा चलचित्र ‘लिलिबिली’ बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दै ब्यवसायमा तहल्का मच्चाउन सफल चलचित्र ‘शत्रु गते’का निर्देशक प्रदीप भट्राई र दीपक राज गिरीले उत्कृष्ट कथाको अवार्ड पाए ।

उत्कृष्ट पटकथाको अवार्ड ‘छक्का पन्जा २’ बाट दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र अभिमन्यू निरबीले जिते । उत्कृष्ट नव–नायकको अवार्ड चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नायक आशिरमान देशराज जोशीले जिते भने उत्कृष्ट नव–नायिकाको अवार्ड चलचित्र ‘लिलिबिली’बाट जसिता गुरुङले उचालिन् । चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले उत्कृष्ट सह–अभिनेताको अवार्ड थाप्दा यहि चलचित्रबाट नायिका केकी अधिकारीले सह–अभिनेत्रीको अवार्ड बुझिन् ।

पानी परेको कारण आयोजकको योजना अनुसार भब्ब्य हुन नसकेको अवार्डै समारोह कलाकारहरुको बाक्लो उपस्थिति भने रहेको थियो । कार्यक्रममा प्रस्तुति दिन मुम्बईबाट आएकी अभिनेत्री निरुता सिंह लगायत कसैले पनि प्रस्तुति दिन पाएनन् ।

 

प्रतिक्रिया दिनुहोस्