Logo

फष्टलुकमा यस्तो देखियो ‘मनाङ्गे नानी’



कलाखवर संवादाता,चैत २४ – मनाङमा बसोबास गर्ने यस युवतीको कथामा निर्माण भएको चलचित्र ‘मनाङ्गे नानी’ प्रदर्शनको लागि तयार भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको फष्टलुक समेत सार्वजनिक गरेको छ । कार्यक्रम निर्देशक शोभित बस्नेतले ‘निकै मेहनत गरेर मनाङको तिलिचो तालको आसपासका रमणिय दृश्यहरु निर्माण युनिटले चलचित्रमा राखेको बताए । उनले चलचित्र राम्रो बनेको समेत दाबी गरे ।

खुस बहादुर गुरुङको कथा, पटकथा, गीत र संगीत रहेको चलचित्रको गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल निर्माता रहेका छन् । प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् ।चलचित्रमा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । ७० प्रतिशत भन्दा बढी छायाँकन मनाङका रमणिय स्थानहरुमा गरिएको यो चलचित्र १४ बैशाबाट प्रदर्शनमा आउँनेछ ।

प्रतिक्रिया दिनुहोस्