Logo

अर्चना पनेरुका ‘नक्कली श्रीमान’ पक्राउ


कलाखवर संवादाता,चैत २४ –पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुले केही दिनअघि आफूले बिहे गरेको भनेर एक अमेरिकी नागरिकसँगको फोटो सार्वजनिक गरेकी थिइन् । ती अमेरिकी नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ ।

बलम्बुस्थित एक घरबाट २ सय ग्राम गाजाका साथै दर्जनौं प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले एउटा सिंगै घर भाडामा लिएर बसेका रहेछन् । त्यहाँ राखिएका एक बालक र एक बालिकालाई प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई किन त्यहाँ राखिएको भन्ने खुलेको छैन । प्राइसले भने उनीहरुलाई आफूले पालेको बयान दिएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसएसपी विश्वराज पोखरेलले बताए ।सो घरमा अश्लिल क्रियाकलाप हुने गरेको स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो । त्यहाँ अर्चनाका आमा छोरी बेला-बेला पुग्ने गरेको स्थानीयले बताएका छन् । अर्चनाले आजै मात्र फेसबुक लाइभमा आफूले बिहे नगरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्