‘तिमीसँग’को गीतमा आकाश र साम्राज्ञीको रोमान्स (भिडियो)

कलाखवर संवाददाता चैत ८ – चलचित्र ‘तिमीसँग’को शीर्ष गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठ साथै निर्देशक शिशिर रानाको साथै चलचित्रको युनिट उपस्थिति रहेको थियो ।
सार्वजनिक ‘तिमीसँग’ बोलको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर, राहुल मुखर्जीको सङ्गीत, लेखु सहयात्रीको शब्द रहेको छ । त्यस्तै गीतको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी र आकाश फिचर छन् । अन्नपूर्ण बेसक्यापमा छायाङ्कन गरिएको भिडियोमा यी दुईको केमेष्ट्रि लोभलाग्दो देखिन्छ । चलचित्र ‘तिमीसँग’लाई कलाकार शिशिर रानाले निर्माण, निर्देशन गरेका हुन् भने कथा लेखन पनि रानाको स्वयंम रहेको छ । चलचित्र यही चैत्र २३ गतेबाट प्रदर्शन हुदैँछ ।