नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०७४ सुरु

कलाखबर संवाददाता,फागुन १७- एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनमा नवौं अन्तराष्ट्रिय लोक संस्कृति मेला महोत्सव आयोजना गरिएकोछ । पर्यटन कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको हो । मेला यहि १७ देखि २६ फागुनसम्म नेपालमै आयोजना हुने एभरेस्ट नेपाल कल्चरलले जनाएको छ ।
मेलामा ११ मुलुकका विभिन्न सांस्कृतिक समूहका ३ सयभन्दा बढी कलाकारले मेलामा भाग लिने रहेको छन । यसपटकको मेलामा इस्टोनिया, ग्रिस, इन्डोनेसिया, बंगलादेश, भारत, मलेसिया, कोस्टारिका, इटाली, इजरायल, टर्की र नेपालले आफ्ना देशका विभिन्न लोक संस्कृति प्रस्तुत गरिने छ ।
नवौं महोत्सव काठमाडौसहित ललितपुर,गैडाकोट र पोखरामा समेत आयोजना गरिने बताइएको छ । नेपालका लोक संस्कृतिबारे बाह्य देशका संस्कृतिकर्मीलाई जानकारी गराउँदै उनीहरूको संस्कृति पनि एकैथलोमा प्रदर्शनसँगै आदानप्रदानका लागि विगत नौ वर्षदेखि यो मेला आयोजना गरिँदै आएको हो ।