Logo

दमौली महोत्सव फाल्गुन २३ देखि (भिडियो सहित)


कलाखवर संवादाता,फागुन १२,तनहुँ -‘कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोत्सव व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने मूल नाराका साथ दमौलीमा फागुन २३ देखि चैत ३ सम्म तेस्रो दमौली महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले तेस्रो दमौली महोत्सव गर्न लागेको हो ।

विभिन्न सघं एवं बजार एकाइको अधिवेशनका कारण गत पुस २७ गतेदेखि नै गरिने भनिएको महोत्सव स्थगित भएको थियो । महोत्सवमा ५ करोड रुपैयाँबराबरको आर्थिक करोबार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवको मुनाफाबाट बजारमा सीसीटीभीको व्यवस्था गरी दमौलीका अव्यवस्थित फुटपाथ व्यवसायलाई एकाइ समितिमार्फत व्यवस्थापन गरिने छ ।

महोत्सवमा व्यावसायिक र सेवामूलक गरी २ सय स्टल रहने आयोजकले जानकारी दिएको छ । कृषि तथा घरेलु उत्पादन, फेन्सी, बाल उद्यान एवं राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति लगायतको मुख्य आकर्षण रहने छ ।  (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्