Logo

शिव परियारको ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक


कलाखवर संम्वादाता,पौष २७-  चर्चित गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक भएको छ । सयौं हिट गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँशुको अर्थ’ बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिसकिएको छ।

युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नयाँ बर्ष २०१८को पहिलो भिडियोको रुपमा आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गरेका छन् ।

‘आँशुको अर्थ’ बोलको गीतको नयाँ भर्सनमा निर्माण गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाले सम्पादन कार्य गरेका छन् ।गीतमा चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको संगीत रहेको छ । गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्