Logo

बेलायतद्वारा साम्रज्ञी लाई भिसा दिन अस्विकार


कलाखवर संम्वादाता ,पौस १९- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेका छ। निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने सामा्रज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो ।

बुझिए अनुसार साम्राज्ञीको नामको कारण उनलाई बेलायत सरकारले भिसा नदिएको हो । उनको निकट स्रोतले जानकारी दिए अनुसार साम्राज्ञीको नागरितामा प्रियंका नाम रहेको छ । पहिलो पटक भिसा एप्लाई गर्दा उनको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा दिइएको थिएन् । दोस्रो पटक साम्राज्ञी नामको सिफारिससँगै बलियो कागजातहरू बनाएर भारत पुगेकी थिइन् ।

भारतमा पुगरे भिसाको लागी आवदेन दिएकी साम्राज्ञीलाई फरिपनि बेलायतले पत्याएन । साम्राज्ञीलाई भिसा नदिदाँ चलचित्र निर्माण टिम भने यति बेला तनावमा छ । चलचित्रको केही प्रतिशत छायाङ्कन नेपालमा भइसकेको छ । उनको भिसामा समस्या आएपछि चलचित्रको छायाङ्कन अन्यौलमा परेको छ । साम्राज्ञीसँगै स्किृन सेयर गर्न लागेका नायक धिरज मगर बेलायतमै छन् । यदि साम्राज्ञीले भिसा पाएको खण्डमा उनी रेनशाको इन्टु मिन्टु लण्डनमा सकेर नायक आर्यन सिग्देलको निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’को छायाङ्कनमा व्यस्त हुने तयारीमा थिइन् । कायरा फिलिपिन्समा छायाङ्कन हुने छ ।

प्रतिक्रिया दिनुहोस्