महाकुङ महोत्सवले आफ्नो गीत तयारी गर्दै

फोटो ग्राफरः राजकुमार राई
काठमान्डौ, ७– पौष ,राजकुमार राई । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँ पालिका बुङमा पहिलो कुलुङ महोत्सव हुने भएको छ । नेपाल किराँत कुलुङहरुको महान् चाड मिनारी ढाचाम , चासुम लो निङदोङ फाईम चाक्काकुर, यले दोङ ५०७८ को उपलक्ष्यमा महाकुलुङ गाउँ पालिका द्वारा सो कार्यक्रमको आयोजा गर्न लागिएको हो ।
कार्यक्रलाई भब्य र सभ्य बनाउका लागी , आकर्षक सन्देश मुलक गीत समेत आयोजक समितिले रेकर्ड गरि सकेको छ । चर्चित तथा लोकप्रीय गाक एवम् संगीतकार अजय अलङकार कुलुङको शब्द, संगीत रहेको सो गीतमा ख्याति प्राप्त गायीका कला राई, आभा मुकारुङ, रुप कुमार राई तथा अलङकार आफैको स्वर रहेको छ ।
स्रद्घा स्टुडियोमा रेकर्डडिट यो गीतमा महाकुलुङ परिवेशका मार्मिक कुराहरु समितिएको संगीतकार कुलुङले बताउनु भएको छ । महाकुलुङ वस्तिलाई आफ्नो छुटै पहिचानको रुपमा चिनाउन र सम्मुद्घ विकासको लागी वृहत महोत्सव मनाउन लागीएको आयोजक तथा गाउँ पालीका प्रमुख सागर किराँतीले कलाखबरलाई बताउनु भएको छ ।
राष्ट्रिय कलाकारहरु शम्भु राई, मिना राई, अजय अलङकार कुलुङ, हाँस्कलाकार पार्वन राई लगायतका आन्य थुप्रै कलाकारहरुको बेजोड प्रस्तुतिका साथ पौष १४ गतेबाट करिब पाँच दिन लगातार मोहत्सव चल्ने समेत किराँतीले बताउनु भएको छ ।