Logo

‘फिर्के’ हेर्दा पैसा खेर जाँदैन  – ईकु


काठमाडौँ, ३ पुस कला खबर संम्वादाता । पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला प्रचार(प्रसारका लागि मोफसल टूरमा छ । आइतवार झापा पुगेका फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ुईकुुले ‘फिर्के’ विशुद्ध हाँस्यप्रधान फिल्म रहेको बताए । उनले भने, ‘म यसअघि दुईपटक ुईकुुको भूमिकामा दर्शकमाझ आएँ । मेरो परिचय नै ुईकुु भइसकेको छ । तर, अब ‘फिर्के’बाट मलाई आफ्नो परिचय फेरिने विश्वास छ ।’

उनले अगाडि भने, ‘‘फिर्के’ हेर्नेले मनोरञ्जन मात्र होइन हाँसोले हल नै गुञ्जयमान हुन्छ । म यो दावी गर्न सक्छु कि ‘फिर्के’ हेर्दा तपाईको पैसा खेर जाँदैन ।’ यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ुबेमानुको नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि। गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्