गोरखामा मतगणना सुरु , दुई जना नायक नतिजाको पर्खाईमा
काठमाडौं, २१ मंसिर, कलाखबर संवाददाता । आज दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको मतदान सकिएलगत्तै गोरखा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत एकनारायण लम्सालका अनुसार मुचुल्का खोलेर मतगणना सुरु गरिएको हो ।
यहाँ दुई हेविवेट लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई र र वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। चुनावी नतिजामा बाजी कसले मार्ने हो त्यो जान्न केही दिन पर्खनुपर्ने हुन्छ । गोरखा २ को नतिजा अहिले सबैको चासोको विषय बनेको छ ।