Logo

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत चितवनबाट पक्राउ, हुलाकी मार्ग निर्माण ठेक्कामा गौचनले २ प्रतिशत कमिसन नदिदा हत्या


 

तस्बिर ः रिपोर्टरस नेपालबाट डट कमबाट साभार

१७ मंसिर,काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका समिरमा बस्नेतलाई चितवनबाट पक्रेको छ । आइतबार पत्रकार सम्मेलन गरेर सिआइबीले बस्नेतलाई सार्वजनिक गर्दै जानकारी दिएको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको भनिए पनि बस्नेत चितवनबाट पक्राउ परेको ब्यूरोका प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत चितवनबाट मंसिर १६ गते शनिबार पक्राउ परेको बताए ।

बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको दावी छ । त्यस्तै गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।लेनदेनको विषयलाई लिएर घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकभो छ ।

आइतबार पत्रकार सम्मेलनमा कार्कीले हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका र उक्त कसिनमा कुरा नमिल्दा गौचनको हत्या गरिएको हुन सक्ने बताए ।निर्माण व्यवसायी गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो ।

प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो,

हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्