Logo

रक गायीका सरस्वती लामा समाज सेवामा लम्किदै


काठमाण्डौ,१५–मंसिर, राजकुमार राई । रक गायीका सरस्वती लामा सांगीतिक यात्रा संगै विभिन्न समाज सेवा कार्यमा समेत लाग्दै आएको छ । गायीका लामा ले बढ्दो जाडो मौसमसँगै सर्लालाही जिल्लाका वालवालिकाहरुलाई न्यानो लत्ताकपडा वितरण गरेका थिए । सर्लाही जिल्ला बाग्मति नगरपालिका वडा नं ४ र १२ का सुकुम्बासी वस्तिमा रहेका वालवालिकाहरु पनि न्यानो कपडा पाउदा निकै उत्साहित देखिए ।

रक गायीका लामालाई सर्लाही जिल्ला निवासी तथा समाज सेवी रोशन दोङ, निशान थापा, सागर तामाङ, तीर्थ श्रेष्ठ, लगायतका युवाहरुले सहयोग गरेका थिए । सबै सहयोगी मनहरुलाई लामाले ह्रदयदेखि नै धन्यबाद दिएका थिए ।

उहाले आफ्नै ब्यक्तिगत तर्फबाट तनमन र खुल्ला ह्रदयबाट करिब १७५ भन्दा बढी सुकुम्बासीका पिडित वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरी उदाहरणीय कार्य गरेका थिए । कलाकारिता क्षेत्रबाट कमाएको रकम यसरी समाज सेवामा खर्चेर पीडितहरुका लागी पुण्य गरेको स्थानीय बासीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्