मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्छ – अध्यक्ष ओली
दाङ, ६ मंसिर राजकुमार राई , नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।
उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो ।कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी उहाँको थियो । उहाँले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रतिप्रश्न समेत गर्नुभयो ।