Logo

मिस नेपालदेखि मिस वर्ल्डसम्म निकिताको यात्रा (हेर्नुहोस् तस्विर)


काठमाडौँ –२९,कातिक,कलाखबर संबाददाता चीनको सन्यामा केही दिनयता ‘मिस वर्ल्ड २०१७’ को आयोजना भइरहेको छ । ९० भन्दा बढी मुलुकबाट छानिएका १ सय १८ सुन्दरीहरूले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा उत्कृष्ट दिने कोसिस गरिरहेका छन् ।
यही प्रतियोगितामा नेपाल सुन्दरी निकिता चन्दक पनि सहभागी छन् ।

मिस वर्ल्डको ताज नेपाल भित्र्याउने उद्देश्यका साथ उनी त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा उनलाई पहिलो सफलता भने शनिबार मिलेको छ । अन्तिम प्रतिस्पर्धाका लागि छानिने उत्कृष्ट ४० सुन्दरीभित्र उनी पनि छनौट हुन सफल भएकी छन् ।‘हेड टु हेड’ कन्टेस्ट नामकरण गरिएको पहिलो चरणमा उनी ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकी हुन् ।

मिस वल्र्डमा यो वर्षदेखि ‘हेड टु हेड’ कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगी छान्ने गरिन्छ ।निकिताले प्रतियोगितामा आफूले पाएको पहिलो सफलता सामाजिक सञ्जाल मार्फत सेयरसमेत गरेकी छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी शनिबार आयोजना हँुदैछ । ४० प्रतिस्पर्धीर्ले र्याम्प नाप्ने प्रतियोगितामा विजेता बन्न उनले ३९ प्रतियोगीलाई पछि पार्नुपर्नेछ । सो कोसिसमा उनी लागिपरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्