Logo

गायक तथा संगितकार अजय तामाङको ‘किन दुख्छ’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो बजारमा


 


कलाखबर संवाददाता,

१३ कात्तिक, काठमाडौं । गायक तथा संगितकार अजय तामाङको ‘किन दुख्छ’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो एम एम पि यस फिल्म्सद्धारा संङ्ग नेपाल मार्फत बजारमा सार्वजनिक गरिएको छ । गहिरो माया भएपनि परिस्थितिले बिछोड हुनु परेको बाध्यात्मक परिस्थितिलाई समेटीएको गितमा गायक स्वयम् कै शब्द तथा संगित रहेको छ ।

सन्तोष प्रगाडले संगित संयोजन गरेको उक्त गीत अत्यन्तै लोकप्रिय तथा मर्म स्पर्शी बनेको छ । म्यूजिक भिडियोमा भने राजन गुरुङ,कमल सिंङ , पुजा सिलवाल ,रोशन वुढा,निशा थापा मगर लगायत कलाकारहरुको बेजोड अभिनय रहेको छ । कलाकारहरुको जीवन्त अभिनयलाई केशब अधिकारीले क्यामेरामा कैद गरेका हुन भने चर्चित निर्देशक मिलन तामाङको निर्देशनमा उक्त भिडियो तयार भएको हो ।


धादिङको  ज्वालामुखि गाउपालिकामा जन्मेका अजय तामाङ नेपाली गीत संगितलाई उचाइमा पुर्याउनु पर्छ भन्ने उदेश्यका साथ सांगितिक क्षेत्रमा लागि रहेका छन् । हाल उनी चौथो बर्षमा शास्त्रीय गायन सिकिरहेका छन । गीत संगितलाई अत्यन्तै माया गर्ने तामाङको यस अघिका पनि वीर गोर्खाली र कान्छीले बोलको गीत तथा म्यूजिक भिडियो बजारमा उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्