Logo

विनिता राईले आम दर्शकलाई नचाए


१३–कातिक, काठमाण्डौ, राजकुमार राई । चोली राम्रो मखमलको जोडी राम्रो मनले खाएको बोलको समधुर लोक भाका गुन्गुनाउदै गायीका विनिता राई स्टेज ताताईन । पछाडीबाट तामाम आम दर्शकहरु कम्मर मर्काई मकाई नाचेर उनलाई साथ दिए । लामो समय सांगीतिक आँकाशमा उदाएकी एक चर्चित गायीका तथा सफल तारा हुन उनी ।

करिब ढेड दशक लामो समय संगीत क्षेत्रमा रमाउदै आएकी राईले लोक सेलो , लोक भाका , तामाङ सेलो, पप गीत तथा पुर्वेली गीत गरि विभिन्न विधामा आफ्नो सुमधुर स्वर भरि सकेकी छन् । पि के क्याम्पसबाट सगीत विधामा नै उच्च शिक्षा हाशिल गरेकी गायीका अब भने निरञ्तर यस क्षेत्रमा नै लाग्ने बताउछिन् ।

राजधानीका विभिन्न हलहरुमा आफ्नो प्रस्तुति दिई सकेका गायीका राईले यस पालिको दशै तिहार कार्यक्रममा पनि भ्याई नभ्याई भईन् । आम दर्शकलाई स्टेजबाट जुरुकजुरुक उठाएर नचाउन पनि भ्याईन् ।

पछिल्लो समय डि.बी. तामाङको शब्द संगीत रहेको यो गीतले भने उनलाई राम्रोसंग चिनाए । आफ्नो ब्यस्तताको बाबजुतसंगै यस पालीको कलाकार टालीसंग देउसी खेल्न भ्याए । चोली राम्रो मखमलको जोडी राम्रो मनले खाएको बोलको समधुर लोक भाका गुन्गुनाउदै गर्दा पछाडीबाट वान्स मोर र तालीको लहर छाईरह्यो ।

अब हेरौ गायीका राईको रमाईलो प्रस्तुति

प्रतिक्रिया दिनुहोस्