Logo

अब आउने भए केकी अधिकारीको कोहलपुर एक्सप्रेस


 

८, कात्तिक, काठमाण्डौ,राजकुमार राई । अभिनेत्री केकी अधिकारी अब निर्मात्री बन्ने भएकी छन्। उनको निर्माणमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ को घोषणाभ एको छ।सोमबार एक कार्यक्रमकाबीच विशाल भण्डारीको निर्देशनमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माणको घोषणा भएको हो।
केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट फिल्म निर्माण हुने भएको हो। फिल्ममा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलगाईले संयुक्त लगानी गर्नेछन्।
फिल्ममा केकी मुख्य भूमिकामा देखिनेछिन्। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ। म्युजिक भिडियोमा अभिनय गर्दै ‘स्वर’ फिल्मबाट केकी नेपाली रजतपटमा प्रवेश गरेकी हुन्।
फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाले संगीत भर्नेछन्।
‘कोहलपुर एक्सप्रेस’ निर्माणको घोषणा गरेसँगै उनले ‘कोहलपुर एक्सप्रेस’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताइन्। उनले फिल्म निर्माण गर्ने ठूलो रहर ‘कोहलपुर एक्सप्रेस’ बाट पुरा हुने बताइन्। फिल्ममा तीन युवतीको कथा भएको केकीले जानकारी दिइन्।
फिल्मको छायांकन कात्तिक १३ गतेबाट हुनेछ।
फिल्मको कथा शान बस्नेतले लेखेका छन् भने छायांकन अर्जुन तिवारीको हुनेछ। फिल्ममा गम्भिर विष्टको नृत्य रहने छ।

 

प्रतिक्रिया दिनुहोस्