Logo

११ बुँदे घोषणा पत्र जारी गर्दै ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलन सम्पन्न


असोज २५-काठमाण्डौं । प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन २०७४ समापन संगै सम्पुर्ण बिश्वमा छरिएको शेर्पा समुदायलाई एकता गर्दै शेर्पा जातिको भाषा, धर्म, सस्कारसस्कृती र लिपिको बिकासको निम्ति जम्बुलिङ शेर्वि छोक्पा औपचारिक रूपमा गठन गरियो ।

प्रथम बिश्व शेर्पा सम्मेलन काठमाडौ घोषणा पत्र २०१७:-

‘बिश्वका बिभिन्न देशहरुमा छरिएर रहेका शेर्पाहरुलाई गोलबन्द गर्दै सबै शेर्पाहरुको हकहित एवं सामुहिक समस्या र मुद्धाहरुलाई आ–आफ्नो मुलुकको मौजुदा कानुन अनुसार मौलिक हक अधिकारहरुलाई प्रत्याभुती दिलाउन गम्भिर हुदै ,

हामी शेर्पाहरुले आजसम्म भोगीरहेको विभेद एवं उत्पिडनको विरुद्ध तथा राष्ट्रसंघको ILO convention 169, UNDRIP, UNO द्धारा जारी अन्य मानव अधिकार, आदिवासी जनजाती सम्बन्धि बडापत्र र विभिन्न अन्तराष्ट्रिय कानुन तथा घोषणापत्रहरुले प्रत्याभुत गरेका विषयबस्तुहरु माथि केन्द्रित हुदै,

विश्वको जुनसुकै भुभागमा बसोबास गरेको भएपनि हाम्रा साझा मुद्दाहरुलाई एक अर्कामा हातेमालो गर्दै हरेक कुरामा एकता भई अन्याय अत्याचारको विरुद्धमा साझा रुपमा काम गर्नै प्रतिवद्धता जाहेर गर्दै,

शेर्पा जातीको गौरवपुर्ण इतिहास र पहिचानप्रति गौरन्वीत हुदै हाम्रो पहिचानको आधार शिला भाषा, धर्म (बौद्ध), संस्कार, संस्कृति र सामाजिक मुल्य मान्यताहरुलाई जिवन्त राख्न सामुहिक रुपमा प्रयास गर्दै,

विकाशका मुख्य हतियारका रुपमा रहेको शिक्षा जस्तो अत्ति आवश्यक विषयमा आएकोे सुझावलाई एकछत्र रुपमा स्वीकार गर्दै व्यवहारमा लागु गर्ने तर्फ एकजुट हुदै,

मिति २०७४ साल असोज २२ देखि २४ गते तदनुसार Oct 8- 10, 2017 सम्पन्न प्रथम विश्व शेर्र्पा सम्मेलनद्धारा पारित देहायका विषयबस्तु सबै देशका सहभागीहरुले आआफ्नो देशमा लागु गर्ने गराउने प्रतिवद्धता जायर गर्दे यो घोषणापत्र जारी गर्दछ ।

१. राजनीति: राज्य संचालनको मुल नीति राजनीति नै भएको हुदा राजनीतिमा चासो र सरोकार राख्नु शेर्पाहरुको मात्र हैन आम नागरिकको मानव अधिकार र नैशर्गिक अधिकार समेत भएको हुदा आआफ्नो मुलुकको राजनितिमा व्यापक सहभागीता जनाउन सबै सहभागीहरुले पहल गर्ने र यस्ता विषयबस्तु माथि एक देशका शेर्पाहरुले अर्को देशका शेर्पाहरुलाई नैतिक सर्मथक गर्न सक्ने तथापी मानवीय सेवामा सहयोग गर्न यो प्रवधानले वाधा पु¥याएकोे मानिने छैन ।

२. संस्कृति तथा मितव्यायिता: विश्वका सबै शेर्पाहरुले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्भन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्नेछ ।

३. लगानी प्रवर्धन: विश्वमा छरिएर रहेको शेर्पाहरुको आर्थिक उन्नति र समृद्धिलाई थप टेवा पु¥याउन छरिएर रहेको पुजीँलाई एकक्रित गरि सामुहिक हितमा लगानी गराउने तर्फ अभिमुखीकरण गराउन पहल गर्ने ।

४. शिक्षा: चेतना र विकाशको मुख्य विषयबस्तु भएकोले यसमा शेर्पाहरुलाई उच्च शिक्षा हासिल गराउन प्रोत्साहन गर्दे आवश्यकता अनुसार छात्रबृद्धि कोषको समेत व्यावस्था गर्न पहल गर्ने र हाम्रो पहिचानको पहिलो आधार शिलाको रुपमा रहेको शेर्पा भाषा शिक्षालाई आआफ्नो मुलुकमा प्रथामिकताका साथ अध्ययन अध्ययापन गराउन पहल गर्ने ।

५. धर्म: मानवीय संवेदनासगँ जिवन्त रुपमा जोडिएको हाम्रो जिवन शैलीको मुख्य आधार बौद्ध धर्मको संरक्षण सर्वधन र विकाशमा व्यापक जोड दिदै दया, कल्याण र करुणाको पक्षमा आम शेर्पा समुदायलाई व्यापक रुपमा सहभागीता गराउन पहल गर्ने ।

६. महिला: एउटै सिक्काका दुइ पाटाका रुपमा परिचित विश्व धरातलको आधा हिस्सा ओगटेका संख्याका रुपमा रहेको शेर्पा महिलाहरुको हक अधिकारलाई स्थापित गर्दै उनीहरुको सर्वागिण विकाशमा जोड दिदैँ हरेक मुलुकमा पहिचान सहितको पहुच र प्रतिनिधित्व सुनिश्चित गराउन पहल गर्ने र शिक्षामा महिलाहरुको पहुँच सुनिश्चित गर्न छात्रबृत्ति कोषको स्थापना गर्न पहल गर्ने

७. भाषा: भाषामा एकरुपता ल्याउनका लागि शेर्पा भाषा अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्न पहल गर्ने ।

८. युवा तथा रोजगार: आआफ्नो मुलुकको शेर्पा युवाहरुलाई आफ्नै मुलुकमा रोजगार मुलक व्यावसायिक तालिम साथै अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने पहल गर्ने ।

९. संचार : राज्य संचालनको चौथौँ अंगको रुपमा परिचित पत्रकारीता व्यवसायमा शेर्पाहरुको भुमिका अत्यन्तै न्युन रहेकोले सहभागीता बढाउन अध्ययन अध्ययापनको अतिरिक्त संचार क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।

१०. वातावरण संरक्षण : जलवायु परिवर्तन र त्यसवाट शेर्पा समुदाय लगायत अन्य सबै समुदायलाई परेको असर सम्बन्धमा अध्ययन गरी आम शेर्पा समुदायलाई समयमै सचेत गराउँदै अनुकुल (Adaptation) गर्न तथा विश्व वातावरण संरक्षणमा शेर्पाहरुलाई आ–आफ्नो क्षेत्रबाट लाग्न समेत प्रोत्साहन गर्ने ।

११. अन्तर विरोध निवारण: नागरिकता तथा परिचय पत्रमा शेर्पा, लामा, तथा थरहरु (रु) लेखिएपछि एउटै शेर्पाहरुबिच पनि विभेद भएको र सामाजिक समास्या आएको भन्ने गुनासोलाई सम्मान गर्दै शेर्पाहरुबीच सामाजिक न्यायको प्रत्याभुत हुनेगरि सबैको आत्म सम्मानप्रति सजग रही समान व्यवहार गर्न आह्रवान गर्दै समस्याको निदान गर्न आयोग गठन गर्ने  ।

प्रतिक्रिया दिनुहोस्