Logo

लाङटाङमा पर्यटक आगमन बृद्धि


 

रसुवा, १८ असोज, राजकुमार राई । शरदऋतुको आगमनसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दिनानुदिन बढ्न थालेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार यही असोज ६ गतेदेखि आजसम्म ८०० को हाराहारीमा पर्यटक आगमन भइसकेको र पर्यटकको आगमन शुल्कबापत रु २३ लाखभन्दा बढी राजश्वसमेत संकलन भइसकेको छ ।

गत चार दिनको तथ्याङ्क हेर्दा दैनिकरुपमा ८० पर्यटक आगमन भइरहेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भएको पर्यटक अभिलेखकर्ता भेटवालले बताउनुभयो ।

इजरायल, फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क र अमेरिका लगायतका देशबाट यहाँ पर्यटक आउने गरेका छन् । तीमध्ये सबैभन्दा बढी इजरायली रहेको अभिलेखकर्ता भेटवालले जानकारी दिनुभयो ।

हिमाली दृष्यावलोकनका लागि पर्यटक गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा बढी केन्द्रित हुने गरेको यहाँका पर्यटन व्यवसायीले बताएका छन्

 

प्रतिक्रिया दिनुहोस्