कृष्ण रानाभाट र कमला पोेखरेलको संयुक्त प्रस्तुति रहेको मार्मिक गीत दशैं बजारमा ।

भाद्र–२१,गंगा लामा,काठमाण्डौँ, लोकप्रिय गायक कृष्ण रानाभाट र लोकप्रिय गायिका कमला पोखरेलको सुुंयुक्त प्रस्तुतीमा दशै तिहार विशेष मार्मिक गीत ‘आउ है बावु दशै तिहारमा’ बजारमा आएको छ । सहयात्रा डिजिटल प्रा.ली को प्रस्तुतिमा बजारमा आएको गितमा गायक तथा सर्जक कृष्ण रानाभाट र गायिका कमला पोखरेलको स्वर रहेको छ । जुन गितको शब्द÷संगित कृष्ण रानाभाटले नै गर्नु भएको छ।प्रविणभट्टको निर्देशनमा तयार पारियको गितमा कृष्ण रानाभाट र इश्वरी थापाले अभिनय गर्नुभयको छ । जुन गित सागर गौतमको छायाङ्कनमा तयार पारियाको छ ।कृष्ण रानाभाटले यसअघि करिब तिन दर्जन भन्दा बढी गीतमा स्वर दिनुभयको छ । श्री नागको पल्लो पट्टी,रैछौ नानी चट्ट परेकी,मलाइ भुतुक्कै पार्यौ,देशको माया,आदि रानाभाटका गीतहरु हुन ।
स्नातकोत्तर हासिल गर्नुभएका रानाभाट अत्यन्तै मिलनसार,शालिन र सहयोगी ब्यत्ति हुन । रानाभाट हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिस्ठान लेपालका केन्द्रिय माहासचिव पनि हुन । रानाभाटले मदनपोखरा विशाल लोकतारा २०६९ को उपाधी प्राप्ती संगै गीतसंगीतलाई व्यावसायिक रुपमा अगाडी बनाउदै आउनु भएको छ ।
यस्तै कमला पोखरेल पनि सुमधुर स्वरकी धनि गायिका हुन । पोखरेलले हालसम्म २ दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । गुरास झै फलेर,भनज्याङमुनि,प्युठानमा लान्छु जस्ता गितहरु उनका चर्चित गीतहरु हुन । गित संगितको संरक्षण,सम्वर्दन,विकास र विस्तार गर्दै संथा मार्फत कलाकारको हकहित र अधिकार स्थापना गर्नु आफ्नो पहिलो प्राथामिकता रहेको रानाभाटले वताउनु भयो । साथै दशै तिहार विशेष गितलाइ हेरेर,सुनेर,साथ दिनको लागि सम्पुर्न दर्शक श्रोतालाई अनुरोध पनि गर्नु भएको छ ।