तारकेश्वर र नागार्जुन नगरपालिकामा पहिलो चरणको हस्तलेखन प्रतियोगिता सम्पन्न प्रतिभा प्रस्फुटनको यो अभियान जारी राख्न मेयर बोहोराको जोड ।
भदौ १३ काठमाण्डौ । वालवाटिका डटकमको आयोजनामा यहि भदौ ९ गतेदेखि शुरुउपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन प्रतियोगीता अन्तरगत आज तारकेश्वर र जागार्जुन नगरपालिकामा पहिलो चरणको प्रतियोगीता सम्पन्न भएको छ । वालवाटिका डटकमका अध्यक्ष बद्री दाहालको सभापतित्वमा एमराएम कलेज बालाजुमा करिब ५०० विद्यार्थीको सहभागीतामा भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवम एनप्याव्सन केन्दिय उपाध्यक्ष मनोज घिमिरे बिशिष्ट
अतिथि रहनुभएको थियो ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन तथा विद्यार्थीहरुको व्यक्तित्व विकासकालागि यस्ता कार्यक्रमले निकै टेवा पुरयाउनेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले आगामी दिनमा नगरपालिकाको तर्फवाट पनि यस्ता कार्यक्रममा पूर्ण साथ रहने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम नियमित रुपमा अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि मनोज घिमिरेले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै टाइम्स इन्टरनेशनल पब्लिकेशनमा सिइओ पुरोषोत्तम दाहालले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको यो महाअभियानमा सहयोग पुरयाउन सबैमा अपिल गर्नुभयो । आजको समयमा किताबि ज्ञानले मात्र केहि नहुने भन्दै उहाँले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतफी विकासमा निकै टेवा पुरयाउने र आगामी दिनमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन विद्यार्थी तथा सहकार्यका लागी सवै संग आग्रह समेत गर्नुभयो ।
विद्यार्थीको मूल्याङ्कनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएकोले सुन्दर हस्तलेखनको कला हरेक विद्यार्थीमा हुनै पर्ने तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखनको महत्ववारे जानकारी दिन र सुन्दर हस्तलेनको वातावरण निर्माण गर्न प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीताका निर्देशक हरीश डिसीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरण अन्तरगत चन्द«ागीरी र किर्तिपुर नगरपालिकाबाट सहभागी विद्यार्थीहरुले यहि १५ गते पहिलो चरणको प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्दैछन । त्यसैगरि भदौ १७ गते भक्तपुर जिल्ला, १९ गते ललीतपुर जिल्ला, २० गते काठमाण्डौ महानगरपालिका, २१ गते गोकरर्णेश्वर नगरपालिकामा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा काठमाण्डौ, ललीतपुर र भक्तपुर जिल्लामा कक्षा ३ देखि १० सम्म अध्ययनरत करिव ४००० भन्दा बढी विद्यार्थीको सहभागीता रहको छ । प्रतियोगीताका विजेताहरुले एक लाख २४ हजार नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन ।वालवाटिका डटकमले देशका कुना कन्धरामा रहेका विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउने उदेश्यका साथ यो कार्यक्रमबाट ओैपचारिक रुपमा प्रतिभा पहिचानको महाअभियान शुरु गरेको छ ।