Logo

सांगीतिक आकाशमा शिखर चुम्दै डि.वि. तामाङ


 

 

भदौ २, राजकुमार राई , काठमाडौं। रामेछाप जिल्लामा जन्मेर काठमान्डौको राजधानीलाई आफ्नो कर्मथलो बनाई अगाडी बढ्दै गरेका डि.वि. तामाङ एक संगीत स्रस्ता तथा संगीत शिखर प्रतिभा हुन् ।  शान्त स्वभाव र एकान्त पे्रमी  तामाङले सानैदेखि साँगीतिक आँकाशमा रमाउने सुनौलो सपना  देखेका थिए ।  यहि सपनालाई पछयाउदै वि.स.२०५७ सालबाट संगीत क्षेत्रमा  निरन्तर लागेका लामाले एक वसन्त पार गरी

 

सकेका छन् । लामो  अनुभब बटुली सकेका लामाले  करिब ३०० भन्दा पनि बढी गीतमा संगीत बढी सकेका छन् । करिब दुई दर्जन भन्दा पनि बढी गीतमा आफैले नै आवाज दिएका छन् भने अभिनय समेत आफैले नै गरेका छन् । मीठा मीठा शब्द चयन तथा संगीत संयोजन गर्न सक्ने खुबी भएका तामाङ एक बहुमुखी प्रतिभाको धनी हुन् । गीतकार, संगीतकार, अभिनय तथा गायन सबै विधामा सफल तामाङ आफुलाई भने  संगीतकारकै रुपमा दर्शक स्रोता माझमा चिनाउन चाहेको बताउछन् ।

लोक आधुनिक ,पप गीत तथा तामाङ सेलो आदीमा प्राय गरी उहाले संगीत बढेका छन् । आफूले यति धेरै मीठा मीठा र नयाँ गीतसंगीत बजारमा ल्याए पनि मिडिया सामु पुग्न नसक्दा आफु पछाडी  परेको उहा बताउछन् ।  आफ्नो खुबी र दक्षताको अनुभब लिएका सर्जकहरु भने जहाबाट पनि आफुलाई सम्झेर काम गर्न लालयित भएको उनी  बताउछन् ।  यतिखेर उहाँ गीत संगीतसँगै भिविन्न कार्यक्रमहरुमा ब्यस्त रहेको बताउछन् । प्रय कोरिया, दुवई, जापान , जस्ता विदेशमा समेत धेरै चोटी कार्यक्रमा सहभागी भइसकेका छन् ।  अहिले भर्खरै मात्र

आफनै शब्द संगीत तथा चर्चित गायीका विनिता राईको स्वरवद्ध गीतमा आफैले नै अभिनय गरेका छन् । चोली राम्रो मखमलको , जोडी राम्रो मनले खाएको तथा आङ्गे र पाङ्गे बोलको दुई वटा गीतमा अनु पराजुली र उनी आफैको अभिनय रहेको देख्न सकिन्छ ।   यि दुई जोडीको अभिनय रहेको गीतले यतिखेर  बजारमा भने  निकै चर्चा बटुलेका छन् । गीत संगीतमा केही पैसा कमाउने भन्दा पनि स्तरीयता कमाउनकै लागी आफू लागी परेको उहाँ बताउनु हन्छ । साथै मेहिनत र ईमान्दारी  भएमा यस क्षेत्रमा पनि उज्वल भविष्य भएको उनि बताउछन् । नयाँ पुस्तालाई पनि रहरले भन्दा पनि केहि जानेर , बुझेर वा केहि सिकेर नै यस क्षेत्रमा आउन आग्रह गर्छन् । हाल उनी हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको केन्द्रीय प्रतिनिधि समेत बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्