Logo

अब रोमान्चक खेल फूटबलटेनिश नेपालमा पनि खेल्न पाईने


football tenish game

football tenish game

श्रावन ५ – छिरिङ शेर्पा,  काठमाडौं । फूटवलटेनिश एसोसिएसनले औपचारिक रुपमै नेपालमा फूटबलटेनिश खेल भित्र्याएपछि अब नेपालमै यो खेल खेल्न पाइने भएकोछ। यस खेल फूटवल, टेनिश र भलिवलको संयुक्त मिश्रणको रुपमा खेल्ने गरिन्छ। टेनिश खेल्ने जस्तो कोर्टमा भलिबल खेल्ने तरिकाले खुट्टाले बल नियन्त्रण गरेर यो खेल खेलिन्छ ।

 

चेकोस्लोभाकिया (हालको चेक गणतन्त्र) बाट सन् १९२० देखि शुरुवात भई हाल विश्वका २२ वटा राष्ट्रहरुमा सन्चालन हुँदै आईरहेको फूटवलटेनिश ९जसलाई फूटनेट पनि भनिन्छ । हालैका दिनमा यो खेल नेपालमा पनि नेपाल फूटवलटेनिश एसोशियसनको नामवाट विधिसम्मत तरिकावाट स्थापना भएको थियो। अब राष्ट्रिय खेलकुद परिषदमा समेत यो संस्था दर्ता भई राष्ट्रिय स्तरको संस्थाको रुपमा  आएको छ।

 

यस खेललाई यस एसोसिएसनका अध्यक्ष राधाकृष्ण अर्यालले निकै लामो कसरतपछी नेपालमा पनि सफलतापूर्वक भित्र्याउन सफल हुनुभएको हो। सन् १९८७ मा अन्तर्राष्ट्रिय फूटबल टेनिश एसोसिएसन (आई. एफ. टि. ए. ) बाट मान्यता प्राप्त यस खेल सन् १९९२ मा यसको नाम परिवर्तन गरि अन्तर्राष्ट्रिय फूटबल टेनिश महासंघ (एफ. आई. एफ. टि. ए.) बनाईएको थियो। सन् १९९४ देखि प्रत्येक २-२ वर्षमा विश्व च्याम्पियनसिप हुँदै आईरहेको छ ।

३२ वटा प्यानल हुने यसको बलको तौल भने ३.९५ ग्राम देखि ४-५ ग्रामसम्मको हुने गर्दछ भने यसमा प्रयोग हुने नेट जाली ( नेट) भने १० मिटर लम्बाई तथा ११० सेन्टिमिटर चौडाई हुन्छ। यस खेलको लागि आवश्यक पर्ने खेलमैदान भने १८ मिटर लम्बाई र चौडाई ९ मिटर हुने गर्दछ। यसको अलावा मैदानमा ३-३ मिटर बाँकी भाग पनि छुट्ट्याईएको हुन्छ भने यो खेल एक, दुई र तिन-तिन जनाको समुहमा खेल्ने गरिन्छ।

उमेरसमुहका हिसावले यसलाई ४ भागमा वर्गिकरण गरिन्छ। १२ बर्ष उमेर समुहको एउटा वर्गिकरण त्यस्तै १३-१५ उमेर समुहका अर्को वर्गिकरण, १६-१८ र १८ वर्षभन्दा माथिकाको लागि गरि अलग अलग वर्गिकरण गरिएको हुन्छ भने महिला र पुरुषको अलग अलग र दुवै समुहको समिश्रणमा पनि यो खेल खेल्न सकिन्छ।

हाल राष्ट्रिय खेलकुद परिषदमा समेत दर्ता भएको यस एसोसिएसनले यसभन्दा अघि भारत – नेपाल बिचको एक अन्तर्राष्ट्रिय खेलको पनि आयोजना गरिसकेको छ। निकट भविष्यमै फेरि नेपाल-भारतको बिचमा अन्तर्राष्ट्रिय खेलको आयोजना गर्न गईरहेको यस एसोसिएसनले नेपाल अधिराज्य भरी यस खेलको विस्तारमा काम गरिरहेको छ। नेपालका ७५ वटै जिल्लाहरुमा यस खेलको विस्तार एवं विकाशमा यस संस्थाले विभिन्न प्रतिनिधिहरु पनि खटाईसकेको छ यस संस्थाका महासचिव बिजय ज्ञवालीले जानकारी दिए।

Footbll Tenish Association nepal

२८ माघ २०७३ मा राष्ट्रिय खेलकुद परिषदद्वारा औपचारिक रुपमा मान्यता प्राप्त गरेको खेल फूटवल टेनिशको आधिकारिक संस्था फूटवलटेनिश एसोसिएसनमा राखेपका ३ जना प्रतिनिधिहरु सहित जम्मा १९ सदस्यीय केन्द्रिय पदाधिकारीहरु रहेका छन। जसमध्ये अध्यक्षमा राधाकृष्ण अर्याल, उपाध्यक्षहरुमा क्रमशः सुलभ कुमार ढकाल, ईन्दिरा ज्ञवाली, सुमित्रा शर्मा अर्याल रहेका छन। त्यसैगरी महासचिवमा बिजय ज्ञवाली, सचिवमा सज्जन सिलवाल, कोषाध्यक्षमा बिरेन्द्र सिंह राई रहेका छन। साथै सदस्यहरुमा लेखनाथ शर्मा अर्याल, सूर्यकान्त कोईराला, शिव पोख्रेल, गणेश थापा, राजु विष्ट, अनुपा अधिकारी, शंकर अर्याल, पवित्रा अर्याल, राजीव कुमार अर्याल र चेतनाथ अर्याल, रामु भट्टराई र सरोज वाग्ले रहेका छन।

 

अन्तर्राष्ट्रिय फूटवलटेनिश महासंघको विधान, नियमावली एवं दिग्दर्शन, प्रचलित नेपालको कानुन र राष्ट्रिय खेलकुद परिषदको नीति( निर्देशनको अधिनमा रहि फूटवलटेनिश खेलको विकाश र विस्तार गर्न राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरि नेपालमा राष्ट्रियस्तरको नेपाल फूटवलटेनिश एसोसिएसनको स्थापना गरिएको हो। यस एसोसिएसनको कार्यसमितिमा बढिमा ३१ जना सदस्य रहने प्रावधान रहेको छ, जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष बढिमा ५, महासचिव १, सचिव १, कोषाध्यक्ष १ सहित सदस्यहरुमा बढिमा २२ जनासम्म रहने प्रावधान छ।

साथै अन्तर्राष्ट्रिय, एशियाली वा दक्षिण एशियाली फूटवलटेनिश संघको सदस्य भएको नेपाली नागरिक नेपाल फूटवलटेनिश एसोसिएसनको पदेन सदस्य हुने प्रावधान रहिआएको छ साथै नेपाल फूटवलटेनिश एसोसिएसनले अन्तर्राष्ट्रिय एवं राष्ट्रिय स्तरको प्रशिक्षण तथा रेफ्रीको लागि तालिमको समेत आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्