फेका द्वारा प्री प्राइमरी तहको दुई दिने शैक्षिक तालिम सम्पन्न

राजकुमार राई, काठमाडौँ । आज फेकाले प्री प्राइमरी तहको दुई दिने शैक्षिक तालिम समापन गरेको छ । फेकाले अषाढ २७ र २८ गतेबाट आयोजना गरेको दुई दिने शैक्षिक तालीममा सि.टी. एफ. नेपालले प्रशिक्षण दिएका थिए । विभिन्न विद्यालयका गरी करीब दुई सय पचास जना शिक्षक शिक्षिकाहरुले सहभागीता जनाएका थिए । विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा गुणस्तरता ल्याउनका फेकाले यस किसिमका ज्ञानवर्धक कार्यक्रम तथा तालिम संचालन गर्दै आएको कुरा तालिम संयोजक प्रदिप खनालले बताउनु भयो ।
प्राइमरी तहमा कसरी बाल केन्द्रित विधिबाट राम्रो संग पढाउने , शिक्षक शिक्षिकाले बाल मनोविज्ञानलाई बुझेर आफ्नो खुबी कसरी प्रस्तुत गर्ने ? कुन विधि अपनाउनदा विद्यार्थीले छिटो बुझ्ला जस्ता विषयमा केन्द्रित रहेर हरेक शिक्षक वर्गहरुलाई सुनौलो तालिम प्रदान गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको फेका अध्यक्ष नवराज भट्टले कलाखबरलाई बताउनु भयो ।
पुस्तक पाठनले मात्र विद्यार्थीको बौद्धिक क्षमताको विकास नहुने भएकोले हरेक नयाँ विधि तथा ज्ञानवर्धक प्रयोगात्क विधिद्वारा पढाउदा विद्यार्थीको दिमागले छिटो टिप्ने भएकोले हरेक शिक्षक वर्ग सचेत हुनु पर्ने सि.टी.एफ. नेपालका प्रवन्ध निर्देशक बद्री दहालले बाताउनुभयो । विद्यार्थीलाई गाली गरेर होइन, रमाईलो र सौहार्दपूर्ण वातावरणमा पढाउदा उनिहरु बढी सक्रिय हुने सि.टी. एफ. नेपालका कार्यक्रम संयोजक रेखा हमालले बताईन । तालिममा सहभागी सबैलाई प्रमाण पत्र समेत वितरण गरिएका थिए ।